परिवारको राम्रो भविस्य खोज्न अरव पुगेका प्रेम कसरी पुगे जेलमा, लाखौंको रकम जोहो गर्न नेपालीले गरे सहयोग (भिडियो हेर्नुस्)

Sambhabi अन्तरवार्ता , जीवनशैली , प्रमुख समाचार , August 10th, 2018

काठमाडौं, २५ साउन । ‘बैदेशिक रोजगारका लागि साउदी गएका एक नेपाली अनाहकमा समस्याको भुमरीमा फसेर नेपाल फर्केका छन् । परिवारका लागि सुखी जिवन दिन विदेशीएका एक नेपाली साउदी अरेबीया, रियादको मदाज जेलमा वर्षौं विताएर नेपाल फर्केका छन् । इलामका प्रेम बहादुर राईले साउदी अरव गएर सपनामा पनि नसोचेको दुख पाए ।

पांच दिन अघि नेपाल आइपुगेका प्रेमले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफुले साउदीमा भोगेको दुख बताएका छन् । उनले विदेशिएका नेपालीका लागि सरकारले वेवास्ता गर्दा उनले जस्तै हजारौं नेपालीले दुख पाएको गुनासो गरे ।

नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघका महासचिव एवम् प्रेम बचाउ अभियान मुल समितिको सकृयतामा उनलाई जेलवाट रिहा गराइएको हो ।
समितिका सदस्यहरुले विदेशमा विपदमा परेका नेपालीलाई उद्धार गर्न सरकारले राहत कोषको स्थापना गर्नुपर्ने बताएका छन् । समितिकी कोषाध्यक्ष अनिता ताम्बुछाले प्रेम कुलुङको उद्धारमा नेपाली ४६ लाख ५९ हजार १ सय ६ रुपैयाँ लागेको बताईन् ।

,‘सन् २०१२ मा रोजगारीको सिलसिलामा साउदी गएका थिए, प्रेम कुलुङले चलाएको गाडी चोरी भएपछि कम्पनीका मालिकले उनलाई जेल हाले । र, कानूनी कारबाही भोग्दापनि नेपाली ९५ लाख विगो जरिवाना तिर्नुपर्ने स्थिति आयो । त्यस पछि नेपालीहरुले प्रेम बचाउ अभियान सञ्चालन गरेर रकम संकलन गरेका हुन् ।

प्रेम बचाउ अभियानको लागि स्वदेश तथा विदेशबाट ९२ लाख ९ हजार ९ सय ५५ रुपैयाँ नेपाली रकम उठेको र विभिन्न शीर्षकमा गरिएको खर्च कटाएर बाँकी नगद २५ लाख ३३ हजार ५ सय ४७ रुपैयाँ रहेको आयोजकले आजको पत्रकार सम्मेलनमार्फत नै जानकारी दिएको छ ।

दुई महिना जेल जीवन बिताएसँगै ५० कोर्राको सजाय भोगेर पनि न्याय नपाएका प्रेम कुलुङ राईले बैदेशिक रोजगारको सिलसिलामा विदेशमा पुगेका नेपालीको बारेमा नेपाल सरकारको नीति नै कमजोर रहेको बताए ।

साउदी अदालतको पहिलो फैसलाअनुरुप जेल जीवन बिताएर पनि न्याय नपाएका कुलुङले भने,‘मैले चलाउने गाडी चोरी भयो, अलसलभी होल्डीङ कम्पनीले मलाई हराएको सामानको मुल्यसहितको पैसा माँगेपछि मेरो घरको आर्थिक स्थिति कमजोर भएको कारण मैले ९५ लाख रुपैयाँ तिर्न सक्ने स्थिति थिएन, सबैको साथ सहयोगले आज आफ्नो देश आउन पाएँ । आज म धेरै खुशी छु ।’

11Shares