संविधान जारी गर्ने महत्वपुर्ण अवसरबाट चुकेँ, अहिले पछुतो लाग्छ (भिडियो हेर्नुस्)

Sambhabi अन्तरवार्ता , जीवनशैली , प्रमुख समाचार , ब्रेकिङ न्युज , August 14th, 2018

काठमाडौं, २९ साउन । पहिलो संविधान सभा निर्वाचन पछि बनेको संविधान सभाको उपाध्यक्ष थिइन् पुर्णा कुमारी
सुवेदी । अध्यक्ष थिए शुभाष नेम्वाङ्ग । उनी पहिलो महिला हुन् जो संविधान सभाको उपाध्यक्ष बनिन् । तर विडम्बना पहिलो संविधान सभाले संविधान जारी गर्न सकेन । संविधान निर्माणको काम ८० प्रतिशत पुरा गरिसक्दा पनि जारी नभएका कारण संविधान सभा नै विघटन भयो ।

संविधान जारी गर्र्नुपर्ने अन्तिम समय सिमा वि स २०६९ जेठ १५ गते संविधान जारी गर्न नसके पछि संविधान सभा भंग भएको थियो । २०६५ जेठ १५ देखि सुरु भएको पहिलो संविधान सभाले दुई पटक समय थप गर्दा पनि संविधान जारी गर्न सकेन ।

उपाध्यक्ष पुर्णाकुमारी सुवेदी आज पनि त्यो दिनमा आफुले खेल्न सक्ने भुमिकामा चुकेको भनेर पछुताउँछिन् । त्यो दिन उनले अलिकति आँट गरेर तयार भएको संविधान पढेर सुनाई दिएको भए पनि त्यसले एउटा वहसको ढोका खोल्थ्यो भन्ने उनलाई अहिले पनि लाग्छ ।

पुर्णा सुवेदीकै शब्दको सारसंक्षेप

‘विहान १० वजे देखि संविधान सभाको बैठक थियो । म समयमै आएं । हामीले त्यतिबेला दुईवटा भुमिका निर्वाह गर्थ्र्यौ । संविधान सभाको बैठकमा संविधान सभाको अध्यक्ष र उपाध्यक्षको भुमिका निभाउँथ्यो । त्यसको काम सकिए पछि ब्यवस्थापिका बैठक संचालन गर्नु पर्थ्यो । त्यो दिन राजनीतिक पार्टीका नेताहरु र संविधान सभाका अध्यक्ष बैठकमा ब्यस्त हुनुहुन्थ्यो । सामान्यतया विशेष महत्वका विषयमा पार्टीका मुख्य नेता र संविधान सभा अध्यक्षको छmफलवाट समस्याको समाधान हुन्थ्यो ।

त्यसैले हामी संविधान सभा भवनमा उहाँहरुको प्रतिक्षा गरेर बस्यौं । पर्खिदा पर्खिदा दिन बित्न आँट्यो । संविधान सभामा उपस्थित भएका सदस्यहरुले मलाई जति तयार भएको छ त्यही नै संविधान तपाईले पढेर सुनाउनु भनेर सुझाव दिनुभयो । तर मैले म किन उत्ताउलो बनुँ, त्यत्रो ंिगगो पार्टी र नेताहरु हुँदाहुँदै म किन त्यसो गरुँ भनेर पर्खेर बाटो हेरेर बसें । अन्य भैसकेपछि सबैको छटपटि बढ्यो । हामी आफैले तोकेको समय अन्तरिम संविधानमा राखेको समय सकिएको थियो । राजनीतिक सहमति भएको भए ६ महिना आपतकालिन समय थपिन सक्थ्यो तर सिंहदरवारमै दिन र रात बित्यो । समय सकिए पछि पीडा बोध भयो ।

कता कता अहिले मलाई के लाग्छ भने । मैले त्यसरी जारी गरेको भए त्यो संविधानले मान्यता त पाउँथ्यो कि पाउँथेन तर त्यसले एउटा वहसको विषय बन्थ्यो । एउटा उत्साह देखिन्थ्यो । पुर्णा सुवेदीले गर्न खोजेको थियो भन्ने एउटा नजिर बस्थ्यो । त्यो ऐतिहाँसिक अवसरवाट म चुकें ।’

नेकपाका केन्द्रिय सदस्य पुर्णा सुवेदी तत्कालिन माओवादीको शसस्त्र द्धण्द्धको समयमा युद्धको मोर्चा सम्हालेकी महिला हुन् । उनले त्यो समयमा पनि सामाजिक विकृति विरुद्ध थुपै्र काम गरिन् । त्यतिवेला माओवादीले समानान्तर सरकार बनाएर अदालत समेत खडा गरेको थियो । जहाँ दोशीलाई कारवाही हुन्थ्यो । तर अहिले उनी कानुन बनाउने संसदको सदस्य छन् ।

उनको फेरीएको भुमिकाको बारेमा गरिएको प्रश्नमा उनको भनाई छ । त्यतिवेलाको कारवाही सजिलो हुने गरेको बताइन् । त्यतिबेला तत्काल निर्णय हुन्थ्यो, जनताका अगाडी तत्काल सजाय सुनाइन्थ्यो तर अहिले कानुन निर्माणका क्रममा कमा, र मात्रामा समेत निकै विचार पुर्याउनुपर्ने उनको भनाई छ । अहिलेको प्रकृया झण्झटिलो भएको उनको भनाई छ ।

उनी लामो समय संघर्ष गरेर संसदिय राजनीतिमा आएपछि महिलाको नेतृत्व गर्छिन । एउटा महिला नेता भएका कारण पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा भएका बलात्कार र हत्याका घटना सुन्नुपर्दा उनको मन चसक्क हुन्छ । उनलाई ब्यक्तिगत रुपमा त त्यस्ता ब्यक्तिलाई फाँसीकै सजाय दिनुपर्छ भन्ने लाग्छ । तर राज्यको प्रतिनिधित्व गर्ने भएकाले कानुन भन्दा माथि जान नमिल्ने उनको तर्क छ । त्यसैले बलात्कारीलाई कडा भन्दा कडा कानुनको निर्माण गरी बलात्कारीलाई जिवनभर जेलमा सड्ने अवस्था ल्याउनुपर्ने बताइन् ।

माओवादी द्धन्द्धका क्रममा पार्टीको नीति नबुझेका केही अल्लारेहरुवाट गल्ति भएको उनको भनाई छ । देशका दुई ठूला कम्युनिष्ट पार्टी एक भए पछि पनि द्धन्द्ध पीडितका मुद्दाको सुनुवाई भएको छैन । तर नेकपाका केन्द्रिय सदस्य सुवेदीले पुराना घाउँ कोट्याएर आगामी पीढिंका लागि वितिष्णा दिन नहुने बताइन् । दुईवटा आयोगले आफ्नो काम गर्छ तर दुई पार्टी भित्र भएका पीडित परिवारले पुरानो कुरा लिएर बस्नु भन्दा पनि रचनात्मक काममा सहयोग गर्नुपर्ने उनको भनाई
छ ।

नेता सुवेदीले पार्टी भित्र महिला नेताहरुको लडाई भने अझ समाप्त नभएको बताइन् । संविधानले नै दिएको महिलाको ३३ प्रतिशत सहभागीताको मुद्दा पार्टी भित्रै पुरा नभएकाले त्यो प्राप्तीका लागि संघर्ष जारी रहेको उनको भनाई छ ।

6Shares