युएईमा नेपाली महिलाहरु बिच चक्कु हानाहान हुँदा एक महिलाको ज्यान गयो, तीन जना घाइते

Sambhabi अपराध , प्रवास , October 28th, 2018

एजेन्सी । वैदेशिक रोजगारीका लागि युएई पुगेका महिलाहरु बिच चक्कु हानाहान हुँदा एक नेपाली महिलाको ज्यान गएको छ । घटनामा अन्य तिन महिला घाइते भएका छन् । नुवाकोटकी सोनी तामाङले प्रहार गरेको चक्कुले लागेर काठमाडौंकी सिर्जना बरालको ज्यान गएको नेपाली दुतावासले जनाएको छ । घाइते हुनेहरुमा ममता चौधरी, सलिना मगर र आशा दर्जी छन् । उनीहरुको ठेगाना भने खुलेको छैन ।

दशैंमा नेपाल आउन नपाएका नेपाली महिलाहरु रमाइलो गर्ने भन्दै संगै बसेका थिए । उनीहरुले सो क्रममा संगै मादक पदार्थ समेत सेवन गरे । रक्सी सेवन गरेपछि उनीहरु बिच विवाद भयो । पांच जना महिलाहरु बिच भएको विवाद चर्कदै गएपछि हानाहानमा परिणत भएको थियो ।

उनीहरु सारजहाँमा रहेको तान्जिफ्को क्लिनिङ सर्भिसेस एलएलसी कम्पनीमा काम गर्ने हुन् । उनीहरुले काम गर्ने कम्पनीले पनि सो घटनाको पुष्टि गरेको छ । शुक्रवार विदाको दिन परेकाले नेपालीहरुले आनन्द संग दशैं मनाएका थिए । नेपालमा जस्तो खुला रुपमा मादक पदार्थ किनबेच गर्न नपाइने हुनाले उनीहरु पनि
क्याम्प नजिकै अवैध रुपमा बंगाली नागरिकले बेच्ने रक्सी ठाउँवाट रक्सी किनेर ल्याए ।

दशैंको दिन संगै बसेका उनीहरु बिच विवाद भएको थियो । रक्सी किन्न जाँदा दसैँको दिनको झगडाले फेरि उनीहरुबीच विवाद भयो । र, क्याम्प भित्र आएपछि सोनी तामाङले चक्कु प्रहार गरेकी हुन् । घाइते चार जनालाई तत्काल सारजहाँकै अल क्यासिमी अस्पताल पुर्याइयो । तर आइसियूमा राखेर उपचार गराउँदा गराउँदै शुक्रबार रातीनै सृजना बरालको मृत्यु भएको हो । घाइते अझै एक जनाको अवस्था गम्भिर छ । गम्भिर हुनेमा ममता चौधरी हुन् । सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर उपचार गराएर शनिबार क्याप फर्किएका छन्

युएइमा हत्या विरुद्ध अदालतमा मुद्धा दाएर भएपछि मृतकको परिवारले खुनको वदला खुन नै मागे मत्युदण्डको सजाय दिने ब्यवस्था छ । मृतकको परिवारले ब्लडमनी मागे ब्लडमनी तिर्नुपर्ने ब्यवस्था छ ।

4Shares