वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीलाई खुसीको खबर, नेपाल र मलेसिया बिच सोमवार हुँदैछ ऐतिहासिक हस्ताक्षर

Sambhabi प्रमुख समाचार , प्रवास , October 28th, 2018

काठमाडौं, ११ कात्तिक । नेपाली कामदारका लागि मुख्य गन्तब्य स्थान रहेको मलेसियासंग सोमवार महत्वपुर्ण सम्झौता हुने भएको छ । ठँगिदै आएका नेपाली कामदारका पक्षमा सरकारले चालके कठोर कदमले ऐतिहाँसिक सफलता प्राप्त गर्ने भएको छ । जसवाट वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीले अतिरिक्त आर्थिक भार बेहोर्नुपर्ने छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सामोबार बिहान नेपाल–मलेसियाबीच श्रम सम्झौतामा हस्ताक्षर हुने भएको हो । नेपाली कामदारले राख्दै आएको माग बमोजिम मलेसिया सरकार श्रम सम्झौता गर्न मन्जुर भएको हो । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले महत्वपुर्ण भूमिका निर्वाह गरे ।

श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आएका छन् । सोमवार मन्त्री विष्ट र मलेसियाका तर्फबाट मानव संशाधनमन्त्री कुलासेगरानले र हस्ताक्षर गर्नेछन्।

सो सम्झौतामा हस्ताक्षर भएपछि नेपाली कामदार विदेश जाँदा लाग्ने आर्थिक भार रोजगारदाता कम्पनीले व्यहोर्ने छ । यसले वैदेशिक रोजगारमा जाने नेपाली कामदारको खर्च घटाउनेछ। सरकारी तवरवाटै अब श्रम सम्झौतमार्फत कामदार जाने भएपछि नेपाली कामदारलाई मलेसियामा आफ्ना अधिकारका कुरा गर्न पनि सजिलो हुने भएको छ । कामदारलाई अप्ठेरो परे त्यसको तत्काल न्यायका लागि पहल हुनेछ ।

मलेसिया जाने नेपालीहरु विभिन्न प्रकृयाका नाममा ठगिने प्रकृया नरोकिए पछि मन्त्री विष्टले गत जेठ २ गते देखि मलेसियाका लागि वैदेशिक रोजगारी नै बन्द गराएका थिए । यो सम्झौतामा हस्ताक्षर भए पनि कामदार खुला गर्न नेपालसँग मलेसियाले थप सहमति गर्नुपर्नेछ ।

मलेसिया जाने नेपालीसंग विभिन्न एजेन्सीले स्वास्थ्य परीक्षण गर्न ३९ वटामात्र स्वास्थ्य संस्थाको एकाधिकार कायम गरी नेपाल सरकारले तोकेभन्दा बढी मनोमानी ढङगबाट शुल्क लिँदै आएका थिए।

4Shares