अस्पतालमा भएका प्रधानमन्त्रीलाई भैरहवाको चिन्ता, मन्त्रीलाई बोलाएर गरे यस्तो परामर्श (भिडियो हेर्नुस्)

Sambhabi अन्तरवार्ता , प्रमुख समाचार , समाचार , November 2nd, 2018

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार देखि अस्वस्थ्य भएका कारण उपचारार्थ अस्पतालमा भर्ना छन् । उनको स्वास्थ्यमा सुधार हुँदै गएको छ । अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्रीलाई वेडमा पनि विकासको चिन्ताले भने छोडेको छैन । उनले अस्पतालमा आफ्नो स्वास्थ्यका बारेमा जानकारी लिन पुगेका मन्त्रीहरुसंग विकासका बारेमा जानकारी लिने गरेका छन् ।

अस्पतालवाट डिस्चार्जको तयारीमा रहेका प्रधानमन्त्रीलाई भेट्न शुक्रवार विहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पर्यटनमन्त्री रविन्द्र अधिकारी, नेकपा नेता विष्णु पौडेल लगायतका नेता पुगेका थिए । उनले मन्त्री अधिकारीसंग भैरहवा विमानस्थलको स्तर उन्नतीको प्रगति, भ्रमणवर्ष २०२० लगायतका विषयमा परामर्श गरेको बताए । उनले विमानस्थल स्तरउन्नतीका बारेमा जानकारी लिएको बताए । प्रधानमन्त्री ओलीले मन्त्रीसंग कुराकानी गर्दा वेडमा होइन कुर्चीमा बसेर छलफल गरेका थिए ।

6Shares