एकाएक किन भए केशव स्थापित नरम ? मुख्यमन्त्रीसंग मिलेर जाने प्रतिवद्धता

Sambhabi प्रमुख समाचार , राजनीति , समाचार , November 2nd, 2018

हेटौँडा, १६ कात्तिक । मुख्यमन्त्रीसंग भनाभन भएका कारण मन्त्रीपद नै खोसिने अवस्था आएपछि प्रदेश नं ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित नरम भएका छन् । उनले अहिलेको राजनीतिक परिस्थितिमा सबै मिलेर जानुको विकल्प नभएको भन्दै मुख्यमन्त्रीसंग मिलेर जाने संकेत गरेका हुन् । मन्त्रीपरिषद बैठकमा मुख्यमन्त्रीसंग भनाभन भएका कारण उनलाई मन्त्रीवाट हटाउने चर्चा सुरु भएको थियो । मुख्यमन्त्री डोरमणी पौडेल उनलाई मन्त्रीवाट हटाउने परामर्शका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौं समेत आएका छन् ।

शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले प्रदेश सरकारका मुख्यमन्त्रीसंँग आफ्नो सम्बन्ध राम्रो भएको र सरकार सञ्चालन सम्बन्धमा आवश्यक छलफल भइरहने गरेको स्पष्ट गरेका हुन् ।

बुधबार मन्त्रिपरिषद् बैठक सकिएलगत्तै स्थापितले अशिष्ट व्यवहार गरेको गुनासो सुनाउँदै उनले कारबाहीका लागि प्रधानमन्त्रीसँग अनुमतिसमेत मागेका छन् । मुख्यमन्त्री पौडेल प्रधानमन्त्रीलाई भेट्न बिहीबार अपराह्न अस्पतालमै पुगेका थिए । उनले स्थापितसँग क्याबिनेटमा काम गर्ने अवस्था नरहेको प्रधानमन्त्रीलाई स्पष्टसमेत पारेका थिए ।

3Shares