कांग्रेसको चियापानमा देखियो यस्तो दृष्य, को को पुगे चिया खान ? (हेर्नुस् तस्बिर)

Sambhabi प्रमुख समाचार , फोटो ग्यालरी , ब्रेकिङ न्युज , ब्रेकिङ न्युज विथ इमेज , November 2nd, 2018

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसले संधैका वर्षहरुमा झै यो वर्ष पनि चियापान कार्यक्रमको आयोजना गर्यो । केन्द्रीय कार्यालय सानेपामा शुक्रबार कांग्रेसले चियापान कार्यक्रमको आयोजना गरेको हो । चियापानमा एक लाखलाई निम्ता पठाइएको थियो ।

त्यसैले पनि सानेपामा निक्कै भीड देखिन्थ्यो । त्यो खचाखच भीडमा कांग्रेस कार्यकर्ता र शुभेच्छुक तथा अन्य राजनीतिक दलका नेता नागरिक अगुवा, उद्योगपति सांसद, संवैधानिक अंगका प्रमुख लगायतको उपस्थिति थियो ।

कांग्रेसको चियापानको कार्यक्रम भए पनि त्यहाँ नेकपाका नेताहरुको चहलपहल निकै थियो । संचार माध्यमले पनि उनीहरुलाई नै धेरै फोकस गरेको देखिन्थ्यो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चियापान समारोहमा उपस्थित हुनेवित्तिकै उनलाई पत्रकारले घेरीहाले । उनले छोटो प्रतिकृया दिए ।
नेपाली कांग्रेससँगै मिलेर शान्ति प्रक्रियामा आएका हौं’, अब देशको आर्थिक समृद्धि पनि सबै मिलेर गर्नुपर्छ’, प्रचण्डले भने ।

चियापानमा उनीसहित नेकपाका नेताहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ पनि पुगेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशशरण महतलगायतले चियापानमा सहभागी हुन आएका पाहुनाको स्वागत गरेका थिए ।

२०३३ सालमा बी।पी। कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले जलपान समारोह गरी शुभकामना आदान(प्रदान गर्ने परम्परा कायम राख्दै आएको छ ।

कांग्रेसले उपत्यकाबाहिरका सबै जिल्लामा पनि चियापान कार्यक्रम गरेको छ । तर केही दिनअघि पार्टीका कार्यकर्ता रामविलास महतोको गोली लागी मृत्यु भएको विरोधमा सर्लाहीमा भने चियापान कार्यक्रम राखेन ।

तस्बिर /रतन चन्द

5Shares