कांग्रेसको चियापानमा पुगेका प्रचण्डले भने सबै मिलेर जाउँ, गगनले दिए यस्तो जवाफ (भिडियो हेर्नुस्)

Sambhabi प्रमुख समाचार , राजनीति , समाचार , November 2nd, 2018

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पार्टी मिलेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । उनले विगतमा पनि कांग्रेस कम्युनिस्ट मिल्दै आएकाले अब पनि मिलेरै जानुपर्ने बताए । उनले कांग्रेसलाई सानो तिनो कुरामा चित्त दुखाउन नहुने बताए । नेपाली कांग्रेससँगै मिलेर शान्ति प्रक्रियामा आएका हौं’, अब देशको आर्थिक समृद्धि पनि सबै मिलेर गर्नुपर्छ’, प्रचण्डले भने ।

त्यस्तै कांग्रेसका नेता गगन थापाले पार्टी भित्रको झगडा मिलाउँदैमा पार्टी प्रभावकारी नहुने बताए । पुष्पकमल दाहाल आफुहरुको सत्रु नभएको बताए । उनले सरकारले गरेको कामको टिप्पणी गर्ने भए पनि प्रचण्ड भने मित्र भएको बताए । राजा सत्रु भएकाले चियापानमा नबोलाएको टिप्पणी गरे ।

चियापानमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ पुगेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा, नेता लक्ष्मणलाल कर्ण, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर जबरा, राप्रपा राष्ट्रवादीका नेता डा। प्रकाशचन्द्र लोहनी पनि चियापानमा पुगेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशशरण महतलगायतले चियापानमा सहभागी हुन आएका पाहुनाको स्वागत गरेका थिए ।

4Shares