निर्मला हत्या प्रकरणको एक सय दिन: शव भेटिएको स्थानमा मैनबत्ती बालेर श्रद्धाञ्जली (फोटो हेर्नुस्)

Sambhabi अपराध , प्रमुख समाचार , फोटो ग्यालरी , November 2nd, 2018

काठमाडौं, १६ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज एक सय दिन पुगेको छ । गत साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी निर्मलाको भोलीपल्ट नजिकैको उखुबारीमा बलात्कार पछि हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

घटना भएको एक सय दिन बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । निर्मला हत्या काण्डको सय दिन पुगेको अवसरमा नेपाल महिला संघ कंचनपुर ले निर्मलाको हत्या पछि शव भेटिएको स्थान उखु बारीमा मैन बत्तीबालेर श्रद्धाञ्जली अर्पण गरेको छ । त्यस्तै पिडीत परिवारले महेन्द्रनगरको मदन चोकमा मैन बत्तीबाली श्रदान्जली अर्पण गरेको छ । सो क्रममा अधिकारकर्मी, स्थानिय बासीन्दाको बाक्लो उपस्थिति थियो । उनीहरुले सरकार किन चुक्दैछ, बलात्कारीसंग झुक्दैछ, निर्मलालाई न्याय दे सरकार, निर्मलाका हत्यारालाई कारवाही गर, लगायत लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।

16Shares