नेकपाको चियापनका लागि प्रचण्ड बुटवलमा

Sambhabi प्रमुख समाचार , राजनीति , November 3rd, 2018

बुटवल, १७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज (शनिबार) बुटवलमा शुभकामना कार्यक्रम गरेको छ । त्यसका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भैरहवामा आईपुगेका थिए । उनी विहान ८ बजे भैरहवा विमानस्थलमा अवतरण गरे । बडादशैं, तिहार, नेपाल संवत् ११३९, छठ, ल्होसारलगायतका चाडपर्वका उपलक्ष्यमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्ड सहित महासचिव विष्णु पौडेल लगायतका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समेत आउने आयोजकले बताएको भएपनि अन्तिम समयमा भने ओली आउन सकेनन् ।

भैरहवा विमानस्थलको अवलोकन, पार्टी कार्यालय बुटवलमा कार्यकर्ता भेटघाट पछि दिउसो १ एक बजे बुटवल मण्डपममा शुभकामना कार्यक्रममा प्रचण्ड पगेका ह’न् । । स्थानिय तहका नेता तथा कार्यकर्ताहरु ठुलो संख्यामा भैरहवा विमानस्थलमा स्वागतका लागि पुगेका थिए ।

‘नेकपाले नेपालीहरुले मनाउँदै आएका चाडपर्व र साँस्कृतिक पर्वहरुका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आइरहेको छ । उक्त शुभकामना कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा आम जनसमुदायहरु, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशका सांसदहरु, उद्योगी ब्यापारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, कलाकार, मजदुर, युवा, महिला, पत्रकार, विभिन्न कार्यालयका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु, विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न पार्टीका नेताहरु, विभिन्न पेशा तथा समुदायका विशिष्ट व्यक्तित्वहरुलगायतलाई आमन्त्रण गरिएको थियो ।

0Shares