बुटवलमा नेकपाले आयोजना गरेको चियापानमा को- को पुगे (फोटो हेर्नुस्)

Sambhabi प्रमुख समाचार , फोटो ग्यालरी , ब्रेकिङ न्युज , November 3rd, 2018

बुटवल, १७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आज (शनिबार) बुटवलमा शुभकामना कार्यक्रम गरेको छ । त्यसका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भैरहवामा आईपुगेका थिए । उनी विहान ८ बजे भैरहवा विमानस्थलमा अवतरण गरे । बडादशैं, तिहार, नेपाल संवत् ११३९, छठ, ल्होसारलगायतका चाडपर्वका उपलक्ष्यमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्ड सहित महासचिव विष्णु पौडेल लगायतका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समेत आउने आयोजकले बताएको भएपनि अन्तिम समयमा भने ओली आउन सकेनन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताको पक्षमा सरकार उभिएको बताएका छन् । विकास र समृद्धिका कामलाई सरकारले तीव्रता दिएको र दिदैं जाने बताए ।

फोटो: विकास पराजुली

3Shares