गुण्डा नाइके समिरमानसिंह बस्न्यातकी श्रीमती मायाको पनि अपराधिक गतिविधिमा संलग्नता भएको खुलासा, मान्छे मार्न पेस्तोल उनैले नै दिन्थिन्

Sambhabi अपराध , प्रमुख समाचार , ब्रेकिङ न्युज , November 4th, 2018

काठमाडौं्र, १८ कात्तिक । गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती पनि अपराधिक गतिविधिमा संलग्न भएको रहस्य खुलेको छ । प्रहरीले अपराधिक गतिविधिमा संलग्न भएको प्रमाण फेला पारेपछि समिरमानकी श्रीमती माया शेरचनलाई आइतवार पक्राउ गरेको छ । लाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मायालाई स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

यसअघि महाशाखाले पक्राउ गरेको बस्न्यात समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीको बयानका आधारमा शेरचनलाई पक्राउ गरिएको हो । अमरबहादुर राना शेरचनलाई गोली हान्ने मुख्य ब्यक्ति हुन् ।

शेरचनलाई गोली हानिएको पेस्तोल नै बस्न्यातनी श्रीमती मायाले दिएको प्रमाण फेला पारेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुसंगको बयानका आधारमा प्रहरीले उनको संलग्न अन्य अपराधि घटनामा पनि भएको खुलेको छ । बुटवलका युवा संघका नेता दुर्गा तिवारी, गौचन र गुन्डा नाइके दावा लामामाथि भएको गोली प्रहारमा पनि उनको संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । ति घटनामा प्रयोग भएको पेस्तोल पनि मायाले नै उपलब्ध गराएको उनीहरुले प्रहरी सामु बयान दिएका छन् ।

तीन वटै गोलीकाण्डमा प्रयोग भएको ९ एमएमको पेस्तोल दरबारको भएको दावी गरिएको छ । बयान दिनेहरुले समिरको बुबा पहिले दरबारको माली भएको बताउँदै पेस्तोल पनि दरबारको भएको दाबी गरेका प्रहरी स्रोतले जनाएको छ । प्रहरीले भने सो पेस्ताल दरबारको भए नभएको पुष्टि गरिसकेको छैन ।

उता, सुटरहरू फरार रहेका वेलामा बस्न्यातले विभिन्न व्यक्तिबाट उनीहरूसम्म रकम पठाउने गरेको यसअघि नै खुलासा भइसकेको छ । जुन काममा मायाले समिरलार्इ साथ दिएको प्रहरीको दाबी छ ।

यसअघि समिरलाई कारागार व्यस्थापन विभागले मुस्ताङ सरुवा गर्दा मायाले प्रहरीले इन्काउन्टर गर्न खोजेको आरोप लगाएकी थिइन् ।

9Shares