‘हो म गुटवाटै तरुण दलको नेतृत्वमा आएको हुँ’ कार्यवाहक अध्यक्ष उत्तम चापागाईँ (भिडियो हेर्नुस्)

Sambhabi प्रमुख समाचार , राजनीति , समाचार , November 4th, 2018

काठमाडौं, १८ कात्तिक । नेपाल तरुण दलका कार्यवाहक अध्यक्ष उत्तम चापागाईले आफु राजनीति भित्रको एउटा गुटवाट नेतृत्वमा आएको भए पनि अहिले संगठन भित्र त्यस्तो गुट नभएको बताए । त्यसको उदाहरण तरुण दलले प्रस्तुत गरेको बताए । ‘कांग्रेसका भातृसंगठनहरु निकै विवादित छन्, यो गुट र त्यो गुट भनेर मुख्य पार्टीका नेताहरुलाई कार्यक्रममा निम्ता गरिए पनि आउँदैनन् तर तरुण दलमा त्यो समस्या छैन, उनले भने ।

म गुट बाट आएको हुँ । तर उनले आफु कुन गुटबाट आएको हो भन्ने खुलाएनन् । जुन गुटको भए पनि म कांग्रेसको कार्यकर्ता हु, उनले भने, गुटबाट आएको भन्नेमा कुनै शंका छैन । तर अहिले तरुण दलमा गुट छैन । अहिले तरुण दल साझा भएको छ ।’ उनले तरुण दलमा अब गुटको कुरा बिर्साएका छौं ।

उनले त्यस्ता गुटकै कारण निर्वाचनमा पार्टी सागुरिएको बताए । त्यसैले अब कांग्रेसले गुट बनाएर हिड्न हुदैन । उनले जित्नेले हार्नेको अस्थित्व स्वीकार गर्नुपर्ने र हार्नेले पनि जित्नेलाई रचनात्मक सहयोग गर्नुपर्ने बताए । उनले पार्टी भित्रै पनि निर्वाचन जित्ने र हार्ने बिच पनि समन्वय नभएको संकेत गरे ।

उनले माउ पार्टीलाई आवश्यक पर्दा भातृसंगठन जन्माउन र आवश्यक नपरे विघटन गर्न सक्ने बताए । तर त्यसो गर्ने भन्दैमा स्थापित संगठनलाई भने कसैको सनकको भरमा विघटन गर्न नसकिने उनको भनाई छ ।

उनले नेपाली कांग्रेस प्रतिपक्षको भुमिका इमान्दारीपूर्वक गरेको बताए । अहिलेको सरकारले हत्यारालाई जोगाउन र मुल्यवृद्धि गर्ने, राजनीतिक आस्थाका आधारमा तर्साउने लगायतका काम गरेकाले विरोध गरेको जनाए ।

3Shares