मुख्यमन्त्री पौडेलका लागि चीनवाट आयो ५५ लाखको विद्युतीय कार

Sambhabi विजनेस , November 4th, 2018

हेटौँडा, १८ कात्तिक । सार्वजनिक यातायातमा विद्युतिय साधन प्रयोगलाई प्राथमिकतामा राखेको प्रदेश ३ का मुख्यमन्त्रीले पनि अब विद्युतिय गाडी चढ्ने भएका
छन् । मुख्यमन्त्री डोरमणि पौडेल चढ्नका लागि चीनवाट विद्युतीय कार मगाइएके छ । सो कार चीनवाट आइतवार हेटौंडा पुर्याइएको छ ।
प्रदेश ३ ले आफ्नो प्रदेश भित्र पेट्रोलियम सवारी साधन पूर्णरुपमा प्रतिवन्ध लगाउने योजना अनुसार विद्युतीय सवारी साधन भित्र्याउन लागेको हो । प्रदेशले पेट्रोलियम सवारी साधन प्रतिवन्ध लगाउने घोषणा गरिसकेको छ ।

सोही योजनालाई सफल बनाउने तर्फ ध्यान दिदै उर्जामन्त्री वर्षमान पुन र राष्ट्रपति विद्यादेवी भण्डारीका लागि विद्युतीय गाडी आइसकेको छ । उनीहरुले प्रयोग गरीसकेका छन् ।

प्रदेश सरकारले २०८५ सालदेखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौती शहरमा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिबन्ध लगाउने नीति कार्यक्रममा घोषणा गरिसकेको छ ।

यातायात सेवालाई वातावरणमैत्री बनाउन प्रदेश सरकारले यस्तो घोषणा गरेर कायान्वयन तर्फ अघि बढेको छ । मुख्यमन्त्रीका लागि ल्याइएको गाडीको मुल्य ५५ लाख पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । उक्त जीपको ब्याट्रीमा १० वर्ष वारेन्टी छ ।

२ घण्टा चार्ज गर्दा जीप ४ सय किलोमिटर गुड्न सक्छ । विद्युतीय सवारी साधन भित्र्याएसंगै प्रदेश सरकारले चितवनको मुग्लिन, हेटौंडा, त्रिभुवनराजपथको विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेशन स्थापना समेत गर्न लागेको छ । पहिलो चरणमा हेटौंडास्थित मुख्यमन्त्री कार्यालयमा मल्टियुजर चार्जिङ स्टेशन स्थापना गरिने बताइएको छ ।

0Shares