ऋषी धमलामाथि रेखा थापाले लगाइन् ‘मी टु’ को आरोप

Sambhabi प्रमुख समाचार , मनोरञ्जन , समाचार , November 5th, 2018

काठमाडौं, १९ कात्तिक । अमेरिकाको क्यालिफोनिर्याबाट सुरु भएको ‘मीटु’ अभियानले अहिले नेपालमा पनि प्रभाव पार्न थालेको छ । अभिनेतृ रेखा थापाले पत्रकार ऋषी धमलालाई पनि मि टु लगाउने धम्की दिएकी छन् । धमलामाथि एक टेलिभिजनमा अन्र्तवार्ता दिँदै नायिका रेखा थापाले उनीमाथि ‘मी टु’को आरोप लगाउने चेतावनी दिएकी हुन् ।

पत्रकार धमलाले उनको ब्यक्तिगत जिवनका बारेमा प्रश्न सोधेपछि उनले त्यसतो चेतावनी दिएकी हुन् । ‘विगतका कुरा कोट्याउँदा मानसिक असर पर्न सक्छ,’ धमलासँगको अन्र्तवार्तामा नायिका थापाले भनिन्, ‘म एउटा परिपक्व महिला हुँ, कहिले विवाह गर्छु त्यो मेरो कुरा भयो, यसले तपाइँले सोध्न मिल्दैन ।’

अन्तर्वार्ताक्रममा ऋषिले रेखा थापासँग उनको पहिलो विवाहको बारेमा प्रश्न सोधे पछि उनी रिसाएकी थिइन् । उनले आफ्नो ब्यक्तिगत जिवन र विगतबारे कुरा कोट्याएपछि रेखा थापाले अन्तर्वार्तामा ‘मीटु’ अभियानमा जाने चेतावनी दिएकी हुन् । रेखाको चेतावनी सुनिरहेका धमला भने मुसुमुसु हाँसिरहेका थिए ।

आफ्नो चलचित्र मालिकाको प्रचारका लागि टेलिभिजनमा अन्र्तवार्ता दिन उनी त्यहाँ पुगेकी थिइन् । पुगेकी नायिका थापाले आफू हिंसाको शिकार भएको भन्दै यस्तो चेतावनी दिएकी हुन् । धमलासँग रुष्ट बनेकी थापाले आफ्नो चलचित्र हर्न अनुरोध गर्न भने भुलिनन् । उनले आफ्नो चलचित्र उत्कृष्ट रहेको भन्दै चलचित्र हलमा गएर हेर्न अनुरोध गरेकी छन् ।

नेपालमा मि टु अभियानका क्रममा मन्त्रीदेखि व्यापारीसम्म मुछिएका यो अभियानमा पत्रकारहरु पनि अछुतो रहन सकेनन् । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रदेश ३ का पूर्वमन्त्री केशव स्थापितमाथि यौन हिंसाको आरोप लागेपछि विस्तारै यसले आफ्नो प्रभाव जमाउन थालेको हो ।

काठमाण्डौ महानगरपालिकाकी तत्कालिन अस्थायी कर्मचारीले स्थापितमाथि यौन हिंसाको आरोप लगाएकी थिइन् । स्थापितले कार्यक्षेत्रमा उनीमाथि यौन हिंसा गरेको आरोप लागेको थियो ।

7Shares