मेला सचिवालय बुटवल मण्डपमा, पुषमा गरिने मेलाको तयारी सुरु

Sambhabi प्रमुख समाचार , समाचार , November 5th, 2018

बुटवल, १९ कार्तिक । रूपन्देही व्यापार संघको आयोजनामा बुटवलमा हुन लागेको लुम्बिनी एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलाको तयारी सुरु भएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवलमा २०७५ पौष ५ देखि १८ गतेसम्म संचालन गरिने ‘लुम्बिनी एक्स्पो–२०७५,अन्तर्राष्ट्रिय व्यापार मेला’ को तयारीका लागि मेला स्थल बुटवल मण्डपमा मेला सचिवालयको कार्यालय सञ्चालन गरिएको छ ।

मेला सम्पन्न गर्न आवश्यक निमार्ण कार्य गर्ने तथा अन्य कामको तयारीका लागि मेलास्थलमा कार्यालय सञ्चालन गरिएको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताउनु भयो । मेल स्थलमा सञ्चालनमा आएको मेला सचिवालयबाट मेलाको आवश्यक तयारीका कामहरु भैरहेको कार्यालय प्रमुख पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार मेलाको तयारी स्वरुप स्टल, गेट, बाल उद्यान निमार्णको काम सुरु भएको छ । तिहार लगतै मेलाका कामहरु द्रुतगतिमा हुने बताइएको
छ ।

नयाँ गठन भएका ३ वटै तहका सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई व्यापारिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यसहित स्थानीय स्तरबाट उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास, लगानीका अवसरहरुको सिर्जना, कृषिलाई व्यावसायिक आधुनिकीकरण गरि ग्रामीण बजारको विस्तार तथा प्रवद्र्धन गर्न सहयोग पु¥याउन मेलाको आयोजना गरेको मेला मुल आयोजक समितिका संयोजक तथा संघ अध्यक्ष पदमप्रसाद श्रेष्ठले बताउनु भयो ।

मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेशिनरी तथा उपकरण, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, मोवाइल, सूचना प्रविधि लगायतका ५ सय भन्दा बढी स्टलहरु समावेश गरिने मेलाका सदस्य सचिव तथा संघका महासचिव प्रकाश ढकालले जानकारी दिनु भयो ।

मेला सम्पन्न गर्नका लागि संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति तथा विभिन्न ४२ वटा उपसमितिहरु गठन गरिएको छ । स्वदेशी तथा विदेशी उत्पादनसँग आम उपभोक्ताको प्रत्यक्ष सम्वाद र उपभोक्ताका लागि प्रेरित गर्ने उद्देश्यले संघले व्यापार मेला अटो प्रदर्शनी–२०६६, काठमाडौं बाहिर पहिलो पटक २०६९ पौष ६ देखि १७ गतेसम्म र २०७२ पौष ८ देखि २१ गतेसम्म बुटवलमा लुम्बिनी एक्स्पो,अन्तर्राष्ट्रिय व्यापार मेला अपार सफलताका साथ सम्पन्न गरि सकेको छ ।

1Shares