यस्तो बन्यो ‘मुन्द्रेको कमेडी क्लब’ को पहिलो कार्यक्रम (पुरा कार्यक्रम भिडियो सहित)

Sambhabi जीवनशैली , प्रमुख समाचार , मनोरञ्जन , November 6th, 2018

काठमाडौं, २० कात्तिक । हास्य कलाकार जितु नेपालले प्रस्तुती गरेको हास्य कार्यक्रम मुन्द्रेको कमेडी क्लब नामको कार्यक्रम कि इन्टरटेनमेन्टले सोमवार देखि संचालनमा ल्याएको छ । नेपाल टेलिभिजनमा २०७५ कात्तिक १९ देखि हरेक सोमबार राति ८ ५० मा यो कार्यक्रम सुरु भएको छ ।

विश्वभरका विभिन्न टेलिभिजन च्यानलमा निकै रुचाइएको स्केच कमेडी र सेलिब्रेटी टक सोको फम्र्याटमा कार्यक्रम निर्माण गरिएको छ । पहिलो कार्यक्रम नै निकै स्तरिय बनेको छ । पहिलो कार्यक्रममा दिपकराज गिरीलाई पाहुनाको रुपमा बोलाइएको थियो । सेलिबै्रटी टक सो पछ्याउँदै नेपालीपन र मौलिक प्रस्तुति समावेश गरी यो कार्यक्रम ल्याइएको की इन्टरटेनमेन्टले जनाएको छ । कार्यक्रमले फरक कमेडी प्याकेज दर्शकमाझ प्रस्तुत गर्नेछ ।

नेपाली कलाजगत्का हस्तीहरू राजाराम पौड्याल र दीपा श्री निरौला समेत कार्यक्रममा समावेश छन् । दीपा श्रीलाई प्रमुख अतिथि बनाइएको छ । जसमा राजेन्द्र नेपाली, उमेश राई ‘फुलन्देकी आमा’लगायतका कलाकारले पनि प्रस्तुती दिएका छन् । नेपाली हास्यव्यंग्य विधामा जितु नेपालको नाम आफंैमा एक परिचय बनिसकेको छ । देशविदेशमा उनका लाखौं प्रशंसक छन् ।

4Shares