बुद्ध लामाको गर्ल फ्रेण्ड हाल सम्म छैन, यस्तो विषेशता भएको जिवन संगिनीको खोजिमा रहेको खुलाए रहस्य (अन्तर्वाता भिडियो हेर्नुस्)

Sambhabi जीवनशैली , मनोरञ्जन , November 6th, 2018

काठमाडौं, २० कात्तिक । नेपाल आइडल भएका बुद्ध लामाको डाइहर्ट फ्यान बढेका छन् । उनी आइडल भएपछि बनेका डाइहर्ट फ्यानका बारेमा उनले एउटा कार्यक्रममा चर्चा गरेका हुन् । जसलाई उनले निरन्तर सम्झन्छन् । उनले भने ‘म आइडल भएपछि मलाई धेरैले माया गर्नुहुन्छ, सम्झनुहुन्छ । मेरो लागि सबै फ्यान बराबर हो, उनले भने तर एक जना यस्ता भाई हुनुहुन्छ तर उनले बारम्बार फोन गरिरहन्छन् । के छ कसो छ भनेर सोधीरहन्छन् ।’

उनले आफ्नो गर्ल फ्रेण्ड छ भनेर पनि सोध्ने गरेको पनि बताए । ‘धेरै जनाले सोध्छन् तपाईको गर्लफ्रेण्ड छ भनेर ।’ बुद्ध लामाले नेपाल आइडल हुँदाको पल सम्झदै त्यतिबेलाको सम्झना अहिले पनि निकै आइरहने बताए । उनले त्यतीबेला आफुलाई निकै माया गर्ने गुल्सन श्रेष्ठ र सन्ध्या जोशीले आफुलाई गरेको माया बिर्सन नसक्ने बताए ।

उनले अहिले आफु सांगितिक क्षेत्रमा उचाई बनाउन चाहेका कारण गर्ल फ्रेण्ड नबनाएको बताए । उनले पहिला आफ्नो करियर बनाएर मात्र गर्ल फ्रेण्डका बारेमा सोच्ने बताए । उनले आफुलाई सहयोग गर्ने र मन सफा भएको केटी गर्लफ्रेण्ड हुन सक्ने बताए । खाना मिठो बनाउने र खुवाउने गर्ल फ्रेण्ड हुनसक्ने बताए । त्यस्तै आफ्नो काममा सहयोग गर्ने र सहि बाटो देखाउन सक्ने जिवन साथीको खोजिमा रहेको उनले बताए । ‘जिन्दगीको कुनै पाइलामा लडखडाएको बेलामा मेरो पाइतालामा मलम पट्टी लगाउने जिवन साथी भए खुसी हुन्छु उनले भने । उनले आफु लोकपृय र चर्चीत भएको बताए ।

5Shares