मन्त्रीवाट बर्खास्त भएका स्थापितले भने: मुख्यमन्त्री पौडेलको सांठगाँठ सिआइए संग छ, उनी मुख्यमन्त्री बन्ने योग्य मान्छे होइनन्

Sambhabi प्रमुख समाचार , समाचार , November 6th, 2018

काठमाडौं, २० कात्तिक । प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध विष बमन गरेका छन् । उनले पौडेललाई मुख्यमन्त्री हुन लायक मानिस नभएको बताएका छन् । आफ्नो सहयोगमा मुख्यमन्त्री बनेका पौडेलले दम्भ देखाएको उनको भनाई छ ।

मंगलवार रिपोर्टस क्लबको साक्षातकारमा बोल्दै स्थापितले पार्टी भित्र चलखेल भएका कारण उनी मुख्यमन्त्री हुन पुगेको टिप्पणी गरेका छन् । उनको हैसियत पुर्वाधार मन्त्रिको मात्र भएको बताए । उनले भने ‘ मैले पनि मुख्यमन्त्री र सभामुखमा दाबी गरेको हो। डोरमणिको दाबी थिएन्। बरु अष्टलक्ष्मीको दाबी थियो। मलाई पूर्वाधारमन्त्री बनाउनु भनेर पौडेल हिँडेका हुन्। उहाँको हैसियत नै त्यही हो’, पार्टीभित्र चलखेल भएपछि मुख्यमन्त्री भयो । उनले अगाडी भने हामी सबै उपत्याकाले बोकेको र भोट हालेको कारण हेटौंडाको एउटा कुनामा बसेको मान्छे मुख्यमन्त्री भयो। तर, आज दम्भ देखाउने ?’

उनले मुख्यमन्त्री पौडेलको चर्को आलोचना गरेका छन्। उनले पौडेलको साँठगाँठ सिआईएसँग रहेको आरोपसमेत लगाएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार स्थापितले प्रदेश नम्बर ३ को अवधारणापत्र बनाउनका लागि पनि मुख्यमन्त्री पौडेलले ‘द एशिया फाउण्डेशन’ को आर्थिक सहयोग लिएको आरोपसमेत लगाए। उनले ललितपुरको भैसेपाटीमा उनको सयन कक्ष रहेको र उनले त्यहीवाट सबै काम संचालन गर्ने बताए । त्यहाँ एशिया फाउण्डेशनको कार्यालय रहेको उनको भनाई छ । केन्द्र सरकार र परराष्ट्र मन्त्रालयवाट स्वीकृति नलिई उनले ठूलो वजेट चलाएको भन्दै ‘मुख्यमन्त्रीले अहिले प्रदेश नम्बर ३ को योजना आयोगको शाखा कार्यालय त्यही भैंसेपाटीको घरलाई बनाएको आरोप लगाए ।

स्थापितले यो विषयलाई आफूहरुले संसद खुल्ने बित्तिकै जोडदारसँग राख्ने बताएका छन्।  स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई पूर्वराजा ज्ञानेन्द्रको पारामा हप्तकाएपछि आफू चर्को स्वरमा बोलेको टिप्पणी गरेका छन् ।

उनले मि टु अभियानका नाममा आफूलाई गलत आरोप लगाउनेविरुद्ध मानहानी मुद्दा हाल्ने बताएका छन् । ‘मलाई रश्मिला प्रजापातिले आरोप लगाउनु भएको छ । अब मानहानी हाल्छु । मैले कानुनी सल्लाहकारसँग सल्लाह गरिसकेको छु’, उनले भने, ‘मेरो मानहानी मात्रै भएको छैन । धेरै कुरा भएको छ । तिहारपछि म कानुनी उपचारमा जान्छु ।’

4Shares