वडाध्यक्षले शिक्षकलाई कुर्सीले हानेर गम्भिर घाइते बनाए

Sambhabi प्रमुख समाचार , ब्रेकिङ न्युज , November 8th, 2018

प्यूठान, २२ कात्तिक । प्युठानको झिमरुक गाउँपालिका–८ का वडाअध्यक्ष तुलस बस्नेतले शिक्षकमाथि हातपात गरेका छन् । उनले प्रहार गरेको कुर्सीले लागेर शिक्षकको टाउकोमा गम्भिर चोट लागेको छ । वडाअध्यक्ष बस्नेतले जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा कार्यरत शिक्षक सिद्धिमान एमसीलाई कुर्सी प्रहार गरेका हुन् । कुर्सीले लागेर गम्भिर उनको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा पांचवटा टाँका लगाइएको छ ।

मंगलबार विद्यालयमा चलिरहेको व्यवस्थापन समितिको बैठकका क्रममा सामान्य विवाद भएपछि वडाध्यक्षले शिक्षक माथि कुर्सी प्रहार गरेका हुन् । अध्यक्ष बस्नेतले शिक्षक माथि हातपात  समेत गरेका छन् । घाइते शिक्षकको जिल्ला अस्पताल विजुवारमा उपचार भएको छ । हाल उनी घर फर्केका छन् ।

यसअघि पनि अध्यक्षले आफूलाई समय–समयमा गालीगलौज र अपशब्द प्रयोग गर्ने गरेको शिक्षक एमसीले बताएका छन् । विगत चारवर्षदेखि प्रावि तहको दरबन्दीमा जनता माविमा पढाइरहेका एमसीले कक्षा ९ र १० मा पनि गणित विषय पढाउँदै आएका छन् ।  वडाअध्यक्ष बस्नेत यसअघि विद्यालय व्यवस्थापन समितिको समेत अध्यक्ष थिए ।

8Shares