जुवा खालमा प्रहरी, चार लाख बढी नगद सहित ९ जना फन्दामा

Sambhabi प्रमुख समाचार , समाचार , November 8th, 2018

बुटवल, २२ कार्तिक । रुपन्देहीमा जुवा खेलिरहेको अवस्थामा ९ जना प्रक्राउ परेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका बाट वडा नम्बर–९ बाट ९ जना पक्राउ परेका हुन ।

पक्राउ परेका सबैलाई जुवातास ऐन अनुसार मुद्धा दायर गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । ईलाका प्रहरी कायालय दिएको जानाकारी अनुसार जुवा खालबाट ४ लाख २६ हजार नगद सहित अमृत वस्याल, तिलक भुसाल, चक्र पाठक, कमल पाठक, हरी पौडेल, नितेष न्यौपाने, तुल्सीराम कडेल, मुकेस पाण्डे, शिवलाल कडेललाई प्रकाउ गरीएको प्रहरीले जनाएको हो । उनीहरुलाई जुवा अन्तरगत मुद्धा दाएर गरीएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक डिल बहादुर मल्लले बताए ।

2Shares