यस्तो रह्यो बुटवलमा नेपाल सम्बत, मुख्यमन्त्रीले दिए शुभकामना (फोटो हेर्नुस्)

Sambhabi फोटो ग्यालरी , ब्रेकिङ न्युज , November 8th, 2018

बुटवल, २२ कार्तिक । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल सम्वत ११३९ को अवसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् । नेपाल सम्वत मौलिक सम्वत भएको र यो नेपाली परम्परा र मौलिकतासंग गाँसिएको भन्दै मुख्यमन्त्री पोखरेलले सम्वतले सामाजिक विभेदको अन्त्य, समानताको स्थापना,विपन्नहरुको सम्मान र सामाजिक सद्भावमा स्थापनामा सधै महत्व राख्ने विश्वास गरेका छन् ।

ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै उनले संविधानमा व्यवस्था भए अनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफलतापूर्वक सम्पन्न भई जनादेश अनुसारको नयाँ सरकार गठन भइ संविधान कार्यान्वयनको दिशामा मुलुक सफलतापूर्वक अघि बढिरहेको शुभकामना सन्देशमा भनेका छन् ।

व्यवहारिक रुपमा संघीयताको पूर्णतः कार्यान्वयन गरी नागरिकका अपेक्षा पूरा गर्न सरकार लागि परेको भन्दै उनले मुलुकबाट अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै समृद्ध र न्यायपूर्ण नेपाल निर्माण गर्ने अभियानमा जुट्नु आवश्यक रहेको बताए । उनले समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल समेत गरेका छन् ।

1Shares